अर्थ संसार, काठमाडौं– नाडेप लघुवित्त वित्तीय संस्थाले ४ लाख ८० हजार कित्ता साधारण सेयर (आइपिओ) निश्कासन गर्ने भएको छ ।
संस्थाले यही असार १० गतेदेखि प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ४ लाख ८० लाख कित्ता अर्थात चार करोड ८० लाख रुपैयाँको सर्वसाधारणको लागि साधारण सेयर निश्कासन गर्न लागेको हो ।
साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले गर्नेछ । कम्पनीको आईपीओ निष्कासन बन्द छिटोमा असार १३ र ढिलोमा साउन ७ गतेसम्म तोकिएकोे छ
कसलाई कति ?
कुल आइपिओमध्ये २४ लाख रुपैयाँ बराबरको २४ हजार कित्ता संस्थाका कर्मचारीलाई र सामूहिक लगानी कोष (म्युचअल फण्ड) लाई पनि २४ हजार कित्ता सेयर सुरक्षित गरिएको छ । र बाँकी ४ करोड ३२ लाख रुपैयाँ बराबरको ४ लाख ३२ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन गर्न पाउनेछन् ।
कहाँकबाट कति आवेदन दिने ?
सेयर विक्री गर्ने जिम्मा पाएको नबि इन्भेष्टमेन्ट अनुसार लगानीकर्ताल न्युनतम २० कित्ता र अधिकतम २ हजार ४ सय कित्तासम्म आवेदन दिनपाइनेछ । लगानीकर्ताले कम्पनीको रजिष्टर्ड कार्यलय गजुरी, बिक्री प्रबन्धको कार्यालय तथा आस्वा सेवा प्रदान गर्ने सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न पाउनेछन् । सिडिएसीको मेरो सेयरका प्रयोगकर्ताले इन्टरनेटको माध्यमबाट घरमै बसेर पनि आवेदन गर्न सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस