अर्थ संसार
काठमाडौं–अरुण काबेलीको साधारण सेयरमा आवेदन गर्नु भएको छ ? कम्पनीले सेयरमा नपरेको रकम सोमबारदेखि फिर्ता गर्दै छ । कम्पनीका वित्त प्रबन्धक हरिप्रसाद सुवेदीका अनुसार एनआईसी एशिया, सिद्धार्थ बैंक, जनता बैंक र बैंक अफ काठाडौं लुम्बिनीमा रहेको खाता सेयर आवेदन फर्ममा उल्लेख गर्नेहरुको खातामै रकम फिर्ता गरिने छ । ‘खातमामा रकम फिर्ता गर्न २÷३ दिन लाग्न सक्छ,’ उनले भने । अरु बैंकको खाता उल्लेख गर्नेहरुले भने आबेदन गरेको स्थानमा गएर सेयर नपरेको रकमको चेक लिन सक्ने छन् ।
कम्पनीले सेयर नपरेको रकम फिर्ता लिन जाँदा दरखास्त फारमको अर्धकट्टीका साथै नागरिकताको प्रमाणपत्रको प्रतिलिपि लिएर आउन सूचना जारी गरेको छ । अरुको चेक लिनका लागि सम्बन्धित ब्यक्तिको मन्जुरीनामा चाहिने छ । मञ्जुरी नामा पाउनेको नागरिकताको फोटोकपी समेत लिएर जानु पर्ने छ ।
अरुण काबेली पावर लिमिटेडले ३० करोड रुपैंयाको ३० लाख कित्ता साधारण शेयर निस्कासन गरेको थियो । कम्पनीले ३५ हजार रुपैयाँसम्मको आवेदन दिनेलाई गोलाप्रथाले बाँडिएको छ । त्यसपछि ५० हजारसम्म लगानी गर्ने सबैले आवेदनको २.६७ प्रतिशत सेयर पाएका थिए । त्यसभन्दा माथिको आवेदन गर्नेले १.९७ प्रतिशत सेयर पाएका छन् ।
कम्पनीले पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने कोबली नदीमा २५ मेगावाट क्षमताको काबेली बी १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
अरुण भ्याली हाईड्रोपावर डेभपलमेण्ट कम्पनी लिमिटेडले सहायक कम्पनीका रुपमा अरुण काबेली पावर लिमिटेड स्थापना गरेको हो । अरुण भ्यालीले संखुवासभा जिल्लाको चैनपुर र मादी राम्बेनीबीच भई बहने पिलुवाखोलाको पानी उपयोग गरी ३ मेगावाट क्षमताको पिलुवाखोला जलविद्युत आयोजनाको निर्माण गरेर व्यबसायीक रुपमा विद्युत उत्पादन गरिरहेको छ । अरुण भ्यालीले पिलुवाखोलापछि २।४ मेगावाट क्षमताको रिडिखोला आयोजनाको निर्माण गरेको छ ।
यस कम्पनीको एकल शेयर स्वामित्वमा अरुण काबेली पावर लिमिटेड स्थापना गरि पाँचथरमा बहने काबेली नदीमा २५ मेगावाट क्षमताको जलविद्युत परियोजना निर्माण गरिरहेको छ । अरुण भ्यालीले काबेली बि १ आयोजनाको टलरेसमा १० मेगावाट क्षमताको काबेली क्यासकेड नामक आयोजनाको सर्भेक्षण अनुमतिपत्र प्राप्त गरी बाह्य सल्लाहकारमार्फत संभाव्यता अध्ययन गर्ने कार्य गरिरहेको छ । आगामी वर्ष यस १० मेगावाट क्षमताको आयोजनाको पनि निर्माण सुरु हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस