नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन तथा कर्जा प्रवाह दुबै घटेको छ । नेपाल राष्ट्र बैंकको साउन ५ गतेसम्मको तथ्यांक अनुसार निक्षेप संकलन ७ अर्बले र कर्जा प्रवाह ४ अर्बले घटेको हो ।
केन्द्रीय बैंकको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुले कुल ७२ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । असार ४ गतेसम्म बैंक तथा वित्तीय संस्थामा ७२ खर्ब ५२ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । पछिल्लो तथ्यांक अनुसार कुल निक्षेप मध्ये वाणिज्य बैंकहरुमा मात्रै ६४ खर्ब ९१ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै अन्य बैंक तथा वित्तीय संस्थाहरुमा भने ७ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप रहेको छ ।
असार ५ गतेसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले ५५ खर्ब ६३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । असार ४ गतेको तुलनामा यो ४ अर्बले बढी हो । असार ४ गतेसम्मको अवधिमा ५५ खर्ब ६७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । कुल कर्जा प्रवाहमध्ये वाणिज्य बैंकहरुको मात्रै ४९ खर्ब ४१ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै अन्य बैंक तथा वित्तीय संस्थाहरुले यो अवधिसम्ममा कुल ६ खर्ब २२ अर्ब रुपैयाँ कर्जा लगानी गरेक छन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था हुँदा केन्द्रीय बैंकले बजारबाट रकम प्रशोचन गर्दै आएको छ । बुधबार मात्रै केन्द्रीय बैंकले ८० अर्ब रुपैयाँ बजारबाट उठाएको छ । अहिले अन्तर बैंक ब्याजदर ३ प्रतिशत मात्रै रहेको छ । त्यस्तै सीडी रेसियो ७५.७६ प्रतिशत रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस