Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रद निष्काशनका लागि रिभर फल्सले तय गर्यो बुकक्लोज मिति

अर्थ संसार

विहीबार, १५ साउन २०८२, १२ : ४४ मा प्रकाशित

हकप्रद निष्काशनका लागि रिभर फल्सले  तय गर्यो बुकक्लोज मिति

रिभर फल्स पावर लिमिटेडले हकप्रद सेयर निष्काशनका लागि बुकक्लोज मिति तय गरेको छ। कम्पनीले साउन २६ गते बुकक्लोज गर्ने निर्णय गरेको हो।

यस अनुसार, साउन २५ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरूले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्। कम्पनीले हालको चुक्ता पुँजीको १:१ अनुपातमा ७० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्ने तयारी गरेको छ, जसको कुल मूल्य ७० करोड रुपैयाँ हुनेछ। हकप्रद सेयरको अंकित मूल्य प्रतिसेयर १०० रुपैयाँ रहेको छ।

कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हकप्रद सेयर निष्काशनका लागि साउन ९ गते स्वीकृति दिएको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको