Like us!
Follow us!
Connect us!
Watch us!

चुक्ता पुँजी बढाउन शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने नेपाल पुनर्बीमाको निर्णय

अर्थ संसार

विहीबार, १५ साउन २०८२, १० : ४९ मा प्रकाशित

चुक्ता पुँजी बढाउन शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने नेपाल पुनर्बीमाको  निर्णय

नेपाल पुनर्बीमा कम्पनीले नियमन निकाय नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पुँजी पुर्‍याउन शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ। यसका लागि कम्पनीले अर्थ मन्त्रालयबाट स्वीकृति लिएर प्रस्ताव आगामी साधारण सभामा पेश गर्ने तयारी गरेको छ।

बुधबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी १३ अर्ब ४२ करोड रुपैयाँ रहेको छ। बीमा प्राधिकरणले कम्पनीलाई २०८२ माघ मसान्तसम्म तोकिएको पुँजी पुर्‍याउन समय दिएको छ।

कम्पनीका अनुसार, नियामकको मागअनुसार पुँजी बढाउनुका साथै व्यवसाय विस्तार र अन्तर्राष्ट्रिय बजारमा उपस्थिति बलियो बनाउन चुक्ता पुँजी २६ अर्ब रुपैयाँभन्दा बढी पुर्‍याउने लक्ष्य लिएको छ। यही उद्देश्यले हालका सेयरधनीलाई शतप्रतिशत हकप्रद सेयर जारी गरिनेछ। यस प्रयोजनका लागि कम्पनीले नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृति लिई कम्पनी ऐन २०६३ को दफा ५६(१) र दफा ८३(क) बमोजिम विशेष प्रस्ताव आगामी साधारण सभामा पेश गरिने जानकारी दिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको