Like us!
Follow us!
Connect us!
Watch us!

लगातार दोस्रो दिन पनि ओरालो लाग्यो सेयर बजार,करिब १६ अर्बको कारोबार

अर्थ संसार

विहीबार, १५ साउन २०८२, १५ : ०४ मा प्रकाशित

लगातार दोस्रो दिन पनि ओरालो लाग्यो सेयर बजार,करिब १६ अर्बको कारोबार

पुँजी बजारमा लगातार दोस्रो दिन पनि ठुलो गिरावट देखिएको छ। बुधबार ४७ अंकले घटेको नेप्से परिसूचक बिहीबार पनि झन्डै त्यही अनुपातमा ओरालो लाग्दै करिब २,९०० बिन्दुमा झरेको छ। बजारमा गिरावटको क्रम जारी रहँदा केही लगानीकर्ताहरूले नाफा सुरक्षित गर्न सेयर बिक्री गर्न थालेका छन्।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३८.४० अकंले घटेर २९१५.७३ बिन्दुमा कायम भएको छ । आज ३१८ कम्पनीको ३ करोड ६८ लाख ७१ हजार कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ९८ करोड ८९ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन सर्वाधिक सेयर मूल्य घट्नेमा वाणिज्य बैंक समूहको १.५५ प्रतिशत, होटल तथा पर्यटन समूहको १.०७ प्रतिशत, हाइडोपावर समूहको १.३१ प्रतिशत, जीवन बीममा समूहको १.५५ प्रतिशत र इन्भेष्टमेन्ट समूहको १.५८ प्रतिशतले सेयर मूल्य घटेको छ ।

बिहिबार ५२ कम्पनीको सेयर मूल्य बढेको छ भने १९८ कम्पनीको घटेको छ ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब ३३ करोड माथिको सेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ७५ करोड ३५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ६९ करोड ९लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै ट्रेड टावर कम्पनी र नेपाल फाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । कर्पोरेट डभेलपमेन्ट बैंकका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका छन् । ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.९२ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै भुगोल इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको