Like us!
Follow us!
Connect us!
Watch us!

सुर्या लाइफ इन्स्योरेन्सका सेयरधनीको हातमा बोनस र हकप्रद, कति ?

आइतबार, १० असार २०७५, १२ : १० मा प्रकाशित

सुर्या लाइफ इन्स्योरेन्सका सेयरधनीको हातमा बोनस र हकप्रद, कति ?

अर्थ संसार, काठमाडौं– सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई  बोनस सेयर र हकप्रद सेयर  दिने भएको छ ।

त्यसका लागि कम्पनीले बोनस र हकप्रद सम्बन्धी प्रस्ताव पारित गर्न असार ३२ गते वार्षिक साधारण पनि बोलाएको छ । कम्पनीले १२ प्रतिशत  बोनस सेयरपछि फेरि ७० प्रतिशत  हकप्रद सेयर जारी गर्ने भएको छ ।

कम्पनीले हालै बिक्री गरेको ४० प्रतिशत हकप्रदपछि कायम पुँजीको १२ प्रतिशत बोनस दिने र यो बोनसपछि कायम पुँजीमा फेरि ७० प्रतिशतहकप्रद जारी गर्ने भएको हो ।
 
कम्पनीले हालै बिक्री गरेको ४० प्रतिशत हकप्रदपछि चुक्ता पुँजी १ अर्ब १ करोड ६ लाख २५ हजार रुपैयाँ पुगेको छ । सूर्याले यही पुँजीमा १२  प्रतिशत बोनस दिन लागेको हो । १२ प्रतिशतबोनस सेयर वितरणपछि चुक्ता पुँजी १ अर्ब १३ करोड १९ लाख रुपैयाँ पुग्नेछ ।

यसमा फेरि ७० प्रतिशत हकप्रद सेयर जारी गरेपछि भने चुक्ता पुँजी १ अर्ब ९२ करोड ४२ लाख ३० हजार रुपैयाँ हुनेछ ।

साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय विराटनगरमा हुनेछ । असार १७ देखि २३ गतेसम्म बुक क्लोज हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको