सेयर बजारमा बढ्ने र घट्ने समूहहरु
अर्थ संसार, काठमाडौं– सेयर बजारमा हिजाआज कारोबार सुस्ताउँदै गएको छ । दिनप्रतिदिन सेयर कारोबार रकम समेत घटेको छ । दोस्रो बजारका लगानीकर्ताले कारोबार गर्न छोडेपछि सेयर बजारमा कारोबार सुस्त देखिएको हो ।
१.३५ अंकले आइतबार बजार बढ्दा २० करोड कारोबार भएकोमा आज (सोमबार) १८ करोडको कारोबार भएको छ ।९.७२ अंकले घटेको बजारमा १५८ वटा कम्पनीको ५ लाख ७४ हजार ७८१ कित्ता सेयर खरिविक्री हुँदा १८ करोड ५१ लाख ७० हजार ०५३ रुपैयौँको कारोबार भएको छ ।
कारोबार भएको ९ वटा समूहमध्ये ७ वटा समूह ओरालो लाग्दा नेप्से १२०९.८४ विन्दुमा आइपुगेको छ । क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.०७ अंकले घटेको छ ।
घटेको बजारमा खानी खोला हाइड्रोपावर कम्पनी सवै भन्दा धेरै ५ प्रतिशतले बढेको छ भने सवै भन्दा धेरै जेविल्स फाइनान्स लिमिटेड ७ प्रतिशतले घटेको छ । आज कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।
कमाउने कम्पनीहरु
गुमाउने कम्पनीहरु
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस