अर्थ संसार, काठमाडौं– अपर तामाकोशी हाइड्रोपावरले असार २४ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि साधारण सेयर (आइपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा स्थानीयका लागि १ करोड ५ लाख ९० हजार कित्ता आइपीओ बिक्री गर्न लागेको हो ।
दोलखाका आयोजना प्रभावितले यसमा न्यूनतम ३० कित्तादेखि अधिकतम ३०० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । यो आइपीओ साउन ९ गतेसम्म भर्न सकिनेछ ।
कहाँबाट आवेदन दिने ?
स्थानीयले अपर तामाकोशी आयोजना निर्माणस्थल तथा कृषि विकास बैंक, सिटिजन्स बैंक, लक्ष्मी बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक र महालक्ष्मी विकास बैंकको चरिकोट शाखाबाट आवेदन दिन सक्नेछन् ।
यसैगरी, सेन्चुरी बैंकको चरिकोट, सिंगटी र जिरी, मेगा बैंकको चरिकोट, मैनापोखरी र बागखोर, एनएमबि बैंकको किर्नेटार र प्राइम बैंकको जिरी र मैनापोखरी शाखाबाट पनि आइपीओ भर्न सकिनेछ । यस आइपीओमा बिक्री प्रबन्धकको काम नागरिक लगानी कोष र सनराइज क्यापिटलले गरेका छन् ।
हाल अपर तामाकोशीको चुक्ता पुँजी ७ अर्ब ९४ करोड २५ लाख रुपैयाँ छ । स्थानीय र सर्वसाधारणलाइ आइपीओ बिक्रीपछि पुँजी १० अर्ब ५९ करोड रुपैयाँ पुग्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस