अर्थ संसार, काठमाडौं– सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सेयर आवेदनका लागि प्रयोग गरेको मेरो सेयर एप्सको दुरुपयोग भएको पाइएको छ ।
लिटल डि बिजनेश नामको युजरले मेरो सेयर एप्सको लोगो प्रयोग गरेर अर्कै एप्स बनाएर गुगल प्ले स्टोरमा अपलोड गरेको सिडिएसले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
आफ्नो लोगो चोरिएपछि सिडिएसले केन्द्रिय अनुसन्धान विभागमा उजुरी दिईसकेको सिडिएस्ले जनाएको छ ।
सिडिएसका प्रवक्ता सुरेश न्यौपानले लोगो चोरि भएपछि सिइआईबीमा उजुरी दिएको बताए । साइबर क्राइमको मुद्धा लगाउन आग्रह गरिएको उनको भनाइ छ ।
मेरो सेयरमा रहेको सेयर लगानीकर्ताहरुका तथ्यांकहरु भने सबै सुरक्षित रहेको स्पष्ट पारेको छ । तर सूचना सुरक्षित भए नभएको बारेमा भने अनुसन्धान जारी रहेको बताइन्छ ।
सिडिएसले सेयर लगानीकर्ताहरुको तथ्यांकमा जुनसुकै समयमा खतरा आउने भएकाले लोगो चोरेर निर्माण गरिएको एप्स तत्काल बन्द गर्ने प्रक्रिया अघि बढाईसकिएको जनाएको छ ।
कम्पनीले हालसम्म आफ्नो आधिकारीक एप्स नभएकाले र निकट भविष्यमै त्यस्तो एप्स निर्माण गरेर सञ्चालनमा ल्याउने पनि जानकारी दिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस