Like us!
Follow us!
Connect us!
Watch us!
सरकारी विदाले सय दिनभन्दा बढी उद्योग बन्द हुँदा लगानीकर्ता मारमा

उद्योग–ब्यवसायीले गरे सरकारी विदा कटौतीको माग

मंगलबार, १२ पुस २०७३, ११ : ४३ मा प्रकाशित

उद्योग–ब्यवसायीले गरे सरकारी विदा कटौतीको माग

अर्थ संसार
काठमाडौं–उद्योगी ब्यवसायीले सरकारले दिने विदाको संख्या घटाउन माग गरेका छन् । उनीहरुले अन्य मूलुकमा उद्योग बर्ष दिनमा ३ सय ३० दिन चल्ने गरेको उदाहरण दिँदै नेपालमा भने २ सय ५० दिनभन्दा बढी नचल्ने अबस्था रहेको बताए ।

नेपालमा लगानी गरिरहेका उद्योगीहरुले उद्योग मन्त्रालयमा आयोजित छलफलमा उद्योग मन्त्री नविन्द्रराज जोशीसँग उनीहरुले सरकारी विदा कटौती गर्न माग गरे ।उद्योगीहरुले समग्र औद्योगिक वातावरणमा सुधार नभएसम्म थप लगानी आउन नसक्ने भन्दै उद्योग मन्त्रालयको मात्र प्रयासले औद्योगिक वातावरण वन्न नसक्ने बताए । उद्योग मन्त्रालयले अहिले ल्याएका ऐनहरुको प्रशंसा गर्दै उनीहरुले यसका साथसाथै श्रम ऐन, सामाजिक सुरक्षा सम्वन्धि ऐन र वातावरण मैत्री ऐन पनि उद्योग मैत्री हुन जरुरी रहेको भनाई राखेका थिए ।

स्थानिय स्तरमा निर्वाचित सरकार नहुँदा उद्योग संचालनमा समस्या देखिएको भन्दै उनीहरुले उद्यमशीलतालाई प्रवद्र्धन गर्ने वातावरण वन्नु जरुरी रहेको बताए । नेपालको अर्थतन्त्रको मोडेल कस्तो हुने भन्नेमा अन्यौल रहेको भन्दै निजी क्षेत्रका प्रतिनिधिहरुले उद्योगका लागि जग्गा प्राप्ति पनि प्रमुख समस्याको रुपमा रहेको बताए ।
घरेलु तथा साना उद्योग स्थापनाका लागि न्यूनतम् पूँजी तोकिनु समस्याका रुपमा रहेको भन्दै उनीहरुले उद्योगका लागि बिजुली प्राप्ति पनि ठलो समस्याको रुपमा रहेको जानकारी गराए ।

आयातित वस्तुहरुका एनएस मार्क नचाहिने तर नेपाली बस्तुको हकमा एनएस मार्क चाहिने व्यवस्थाले नेपाली वस्तुको प्रतिस्पर्धी क्षमतामा ह्रास आएको उद्योगीहरुको गुनासो थियो ।उद्योगीहरुसँगको छलफलमा मन्त्री जोशीले लगानीलाई सुरक्षित गर्न कानुनी रुपमै प्रत्याभूत गर्न सरकार क्रियाशिल रहेको बताए ।

यसका लागि सरकारले विषेश आर्थिक क्षेत्रसम्वन्धि ऐन र कार्यविधिसमेत पारित गरिसकेको, औद्योगिक व्यवसाय प्रवद्र्धन ऐन पारित भएर विनियमावली बन्ने चरणमा रहेको, खानी नियमावलीमा समसामयिक सुधार गरिएको, कम्पनी ऐन संसदमा छलफलमा रहेको, वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन आगामी २ हप्ताभित्र मन्त्रिपरिषद्मा पेश गर्ने तयारी भईरहेको र वौद्धिक सम्पत्ति सम्वन्धी ऐन मस्यौदाको क्रममा रहेको उद्योग मन्त्री जोशीले बताए ।

उद्योग दर्ता प्रकृयालाई सहज बनाउन उद्योग विभाग र कम्पनी रजिष्टारको कार्यालयबाट हुने काममा सहजिकरण गर्न सरकारकै तर्पmबाट सहयोगीको व्यवस्था गर्न लागिएको भन्दै मन्त्री जोशीले उद्योगको सुरुआत, संचालन र बन्द  सबैलाई सरल बनाउन लागिएको बताए ।

भैरहवा, सिमरा र पाँचखालमा विषेश आर्थिक क्षेत्र (सेज) को स्थापना, गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको संचालन तथा ७ वटै प्रदेशमा औद्योगिक क्षेत्रका स्थापना सरकारको प्राथमिकतामा रहेको मन्त्री जोशीले बताए ।
छलफल कार्यक्रममा उद्योग मन्त्रालयका सचिव शंकरप्रसाद कोईरालाले निजी क्षेत्रको समस्या समाधानका लागि उद्योग मन्त्रालयले इमान्दार प्रयास सुरु गरिसकेको र यसको परिणाम छिट्टै देखिने बताए ।

अरु मन्त्रालयसँग गाँसिएका समस्या समाधानका लागि पनि उद्योग मन्त्रालयबाट निरन्तर प्रयासको थालनी गरिरहेको भन्दै सचिव कोईरालाले औद्योगिक व्यवसाय प्रवद्र्धन सम्वन्धि नयाँ नियमावलीले कतिपय समस्याहरुलाई सम्वोधन गर्ने बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको