Like us!
Follow us!
Connect us!
Watch us!

हेरौं, ज्योति विकास बैंकको आधारभूत तथा प्राविधिक विश्लेषण

शुक्रबार, २२ असार २०७५, ०७ : ३३ मा प्रकाशित

हेरौं, ज्योति विकास बैंकको आधारभूत तथा प्राविधिक विश्लेषण

नेपाल राष्ट्र बैङ्कबाट राष्ट्रिय स्तरको विकास  बैंकको लाइसेन्स प्राप्त गरी २०६५ साल साउन ९ गतेदेखि व्यवसाय सञ्चालन गरेको ज्योति विकास बैंकले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. २२ करोड २४ लाख नाफा कमाएको छ ।

यो अघिल्लो आवको तुलनामा १५ प्रतिशतले बढी हो । बैंकले अघिल्लो आवको तेस्रो त्रैमासमा रू. १९ करोड २६ लाख नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले नाफा बढेको हो । तेस्रो त्रैमासमा  बैंकको चुक्तापूँजी रू. २ अर्ब ५९ करोड पुगेको छ ।

अघिल्लो आवको सोही अवधिको तुलनामा १ सय ३५ प्रतिशतले बढी हो ।बैंकले १ बराबर १ अनुपातमा हकप्रद शेयर जारी गरेपछि चुक्तापूँजी बढेको हो । रिजर्भ कोषमा रू. ४२ करोड ३९ लाख छुट्याएको छ भने बैंकको लगानी रू. ७८ करोड ७१ लाख रहेको छ ।

वर्गिकरणः विकास  बैंक
पछिल्लो व्यापार मूल्यः रू. १३६
५२ हप्ताको उच्च व्यापार मूल्यः रू.४४३
५२ हप्ताको न्यून व्यापार मूल्यः रू. १३२
१८० दिनको भारित औसत मूल्यः रू. १४८.८९

कम्पनीका महत्वपूर्ण अनुपात :

व्यवस्थापन समूहः
अध्यक्षः हरिचन्द्र खड्का
प्रमुख कार्यकारी अधिकृतः मनोज कुमार ज्ञवाली
प्रधान कार्यालयः कमलादी, काठमाडौं
वेबसाइट: www.jbbl.com
शाखाः ३१
स्टक सङ्केतः जेबिबिएल

बैंकको महत्वपूर्ण वित्तिय परिसूचकहरु (रू. हजारमा)

 बैंक का महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू. हजारमा ) 

महत्वपूर्ण अनुपात :


लाभांश विवरण :


आधारभूत विश्लेषण :
बैंकको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दा :

  • बैंकले चैत मसान्तसम्ममा रू. १५ अर्ब निक्षेप सङ्कलन गरेको छ । यो अघिल्लो आवको तुलनामा ६१ प्रतिशतले बढी हो भने बैंकले सोही अवधिमा रू. १३ अर्ब ८५ करोड कर्जा प्रवाह भएको छ ।

  • बैंकको खुद ब्याज आम्दानी रू.५३ करोड ६ लाख, कर्मचारी खर्च रू. ११ करोड ४५ लाख, अन्य सञ्चालन खर्च रू. ११ करोड ५९ लाख र सञ्चालन नाफा रू. ३४ करोड १३ लाख रहेको छ । बैंकको स्थिर सम्पत्ति ७७ प्रतिशतले बढेर रू. १२ करोड ९३ लाख र अन्य सम्पत्ति १ सय ४६ प्रतिशतले बढेर रू. ४१ करोड ५५ लाख रहेको छ ।

  • बैंकले सम्भावित जोखिम बापतको व्यवस्थामा रू. ५ करोड ९८ लाख छुट्याएको छ भने निष्क्रिय कर्जा १ दशमलव २७ प्रतिशत रहेको छ । पूँजीकोष पर्याप्तता २३ दशमलव ०३ प्रतिशत, पूँजी कोष लागत ९ दशमलव ०४ प्रतिशत रहेको छ ।

  • हाल बैंकको ५० ओटा शाखा १४ एटिएमहरुबाट सुविधाहरु प्रदान गरेको छ । बैंकले चालू आवमै थप ९ ओटा शाखा विस्तार गर्ने योजना रहेको वित्तीय विवरणमा उल्लेख गरेको छ ।

  • बैंकले सार्वजनिक गरेको यो आवको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार तरलता अनुपात २५ दशमलव ८१ प्रतिशत, प्रतिशेयर आम्दानी (वार्षिक) रू. ११ दशमलव ४३, मूल्य आम्दानी अनुपात १२ दशमलव ५१, प्रतिशेयर कुल सम्पत्तिको मूल्य रू. ७ सय ४० दशमलव ०९ र प्रतिशेयर नेटवर्थ रू. १ सय १६ दशमलव ३५ रहेको छ । बुधवारको प्रतिशेयर नेटवथरू. १ सय ३६ रहेको छ ।

प्राविधिक विश्लेषण :

  • खरीद चापः बैंकको बुधवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा विक्री चापको तुलनामा खरीद चाप ४ गुणा बढी रहेको छ । सो अवधिसम्म ५ हजार १ सय ८९ कित्ता शेयर खरीद र १ हजार २ सय ३ कित्ता शेयर विक्री गर्ने माग रहेको थियो ।

  • ड्ड बुधवार भएको शेयर कारोबार विवरण :


मैनबत्ती विश्लेषण :

४ अप्रिल २०१८                                                                           ४ जुलाई २०१८

स्ट्याण्डर्ड डेभिएशन :


४ अप्रिल २०१८                                                                        ४ जुलाई २०१८

आरएसआई :

४ अप्रिल २०१८                                                                         ४ जुलाई २०१८

मुभिङ एभरेज :

४ अप्रिल २०१८                                                                          ४ जुलाई २०१८

  • मैनबत्ती विश्लेषणः बैंककोे ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा इन्भर्टेड ह्याम्मर आकृती बनेको छ । यस्तो आकृतीले बैंकको शेयर बुलिस ट्रेण्डमा रिभर्स हुने सङ्केत गर्दछ । विश्वसनियता भने सामन्य रहेको छ ।

  • आरएसआईः बैंकको ६२ दिनको कारोबारमा आरएसआई न्यूट्रल जोन (४१ दशमलव ३३ स्केल) मा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ ।

  • स्ट्याण्डर्ड डेभिएशनः बैंकको ६२ दिनको कारोबारमा स्ट्याण्डर्ड डेभिएसन शून्य दशमलव ७४ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ । यस्तो अवस्था कम जोखिम र प्रतिफल पनि कम हुने गर्दछ ।

  • मुभिङ एभरेजः बैंकको ६२ दिनको कारोबारमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्यरेखाभन्दा तल छ । बुधवारको शेयर मूल्य रू. १ सय ३६ देखि बजारको अवस्था परीवर्तन भई मूल्य महङ्गिएमा रू. १ सय ४३ मा प्रतिरोध र मूल्य सस्तिएमा रू. १ सय ३४मा टेवा पाउने देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको