अर्थ संसार, सिन्धुली –सिन्धुली सदरमुकाम सिन्धुलीमाढीमा संचालनमा रहेका हार्डवयर पसलहरुले एउटै कम्पनीका निर्माण सामाग्रीहरु फरक फरक मूल्यमा खरिद विक्री गर्ने गरेको पाईएकोे छ ।
भुकम्प पछिको पुनःनिर्माण र पुनस्थापनमा सदाचार कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन कार्यालय सिन्धुलीको अगुवाई तथा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल जिल्ला सम्पर्क कार्यालय सिन्धुलीको संयोजनमा गरिएको बजार अनुगमनका क्रममा यस्तो पाईएकोे हो ।
सदरमुकाम भित्र संचालनमा रहेका ११ वटा हार्डवयर पसलहरुमा अनुगमन गर्दा एउटै कम्पनीका रड, सिमेन्ट, इंटा, जस्तापाता लगाएतका निर्माण सामाग्रीहरुको पसलै पिच्छे फरक फरक मुल्यमा खरिद विक्री हुने गरेको पाईएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल जिल्ला सम्पर्क कार्यालय सिन्धुलीका गंगा घिमिरेले अर्थ सन्सार सिन्धुलीलाई जानकारी दिनुभयो ।
अनुगमन गरिएका शिव आईरन, श्याम आरन, श्रेष्ठ हार्डवयर एण्ड सप्लार्यस, सातधारा सप्लायर्स, शिद्धबाबा टेर्डस, मनकामना हार्डवयर एण्ड सप्लायर्स, निलकमल ईन्टरप्राईजेज् लगाएतका पसलहरुमा एउटै कम्पनीका निर्माण सामाग्रीहरुको फरक फरक मुल्य पाइएको हो ।
अनुगमन गरिएका ११ वटै पसलहरुमा मुल्य सुचि पनि नराखेको पाइएको घिमिरेले बताउनुभयो । सोही क्रममा निर्माणाधिन सरकारी कार्यालयहरुको पनि अुनगमन गरिएको छ । निर्माणाधिन एकिकृत सरकारी भवन, जिल्ला बन कार्यालयको भवन, सिंचाई डिभिजन कार्यालयको निर्माणाधिन भवनको अनुगमन गरिएको थियो । अनुगमनको क्रममा निर्माणाधिन एकिकृत सरकारी भवन तोकिएको समयमा निर्माण सम्पन्न नहुने देखिएको घिमिरेले बताउनुभयो ।
अनुगमनमा कमलामाई नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष किरण माझी, जिल्ला प्रशासन कार्यायलय सिन्धुलीका प्रतिनिधि, उद्योग बाणिज्य संघका प्रतिनिधि, पत्रकार लगाएतको सहभागी रहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस