अर्थ संसार, काठमाडौं- ग्लोबल आइएमई बैंकले शाखा विस्तार गर्ने कार्यलाई आक्रमक बनाएको छ । । बैंकले यस महिनाको तेस्रो साता थप ७ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप गरिएका ७ शाखारहित बैंकिङ्ग सेवासंगै बैंकको शाखारहित बैंकिङ्ग संख्या ९९ पुगेको छ ।
बैंकले मिति २०७५ गत सोमबार बाग्लुङ्ग जिल्लाको ढोरपाटन नगरपालिका – ८ बोबाङ्गमा ९३ औँ, गत मगंलबार गुल्मी जिल्लाको मुसीकोट नगरपालिका – ९ पाडथोकमा ९४औँ र सोही दिन गुल्मी जिल्लाकै मुसीकोट नगरपालिका – ३, ठुलापोखरामा ९५औँ, गत बुधबार अर्घाखाँची जिल्लाको माला रानी गाउँपालिका – २, डाँडाकटेरीमा ९६औँ, सोही दिन बुधबार गुल्मी जिल्लाको धुरकोट गाउँपालिका – ५, बास्तुमा ९७औँ सेवा सुरु गरेको छ ।
साथै गत शुक्रबार नवलपरासी जिल्लाको रामग्राम नगरपालिका – १७, पट्खौलीमा ९८औँ र शुक्रबार नै गोरखा जिल्लाको गण्डकी गाउँपालिका – १, मकैसिङ्गमा ९९औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको हो ।
बाग्लुङ्गको बोबाङ्गमा श्याम घर्ति मगर, गुल्मीको पाडथोकमा द्रोण प्रसाद सापकोटा र ठुलापोखरामा बसन्त अधिकारी, अर्घाखाँचीको डाँडाकटेरीमा कृष्ण कुँवर क्षेत्री, गुल्मीकै बास्तुमा लुमकान्त पाण्डे, नवलपरासीको पट्खौलीमा सिमा कुमारी चौधरी र गोरखाको मकैसिङ्गमा राजन श्रेष्ठलाई शाखारहित बैंकिङ्ग सेवाको लागि व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।
शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले आफ्नो गाउँमै स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, DISH HOME/CDMA/UTL को महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यि क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले १२९ शाखा, १३२ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ९९ शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि/ सम्पर्क कार्यालय माफर्त आफ्ना ९ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन,अष्ट्रेलिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस