अर्थ संसार, काठमाडौँ – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा धोस्तेखोर लघुजलविद्युत परियोजना निर्माण भएको छ ।
पर्यटकीयस्थलमा सञ्चालित सामुदायिक होटल तथा लजमा विद्युत आपूर्तिका लागि सामाजिक अभियन्ता महावीर पुनको पहल, स्थानीयवासीको सक्रियता र विभिन्न निकाय तथा दाताहरुको सहयोगमा ५० किलोवाट क्षमताको परियोजना निर्माण भएको हो ।
रु दुई करोड २५ लाखको लगानीमा निर्माण भएको परियोजनाबाट उत्पादित विद्युत खोप्रा, ढाडखर्क, बयली र आलखर्कमा सञ्चालित सामुदायिक होटलमा आपूर्ति गराइएको परियोजनाका अध्यक्ष लोकबहादुर पाइजाले बताउनुभयो ।
भौगोलिकरुपमा विकट वस्तीदेखि टाढा रहेका सामुदायिक लजमा केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तारको सम्भावना नभएकाले लघुजलविद्युत परियोजना निर्माण गरिएको अध्यक्ष पाइजाले बताउनुभयो ।
परियोजना निर्माणका लागि एशियाली विकास बैंकबाट रु ७५ लाख, नेपाल पर्यटन बोर्डको रु ४० लाख, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले रु १३ लाख, महावीर पुनको पहलमा रु १८ लाख ५० हजार सहयोग प्राप्तभएको छ । विसं २०७३ फागुनदेखि शुरु भएको परियोजना निर्माण कार्य एक वर्षमा सकिएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस