Like us!
Follow us!
Connect us!
Watch us!

भारत र मेलिनाको “चाहना यो मनको” मा १५ वर्षे जोडीको रोमान्स

आइतबार, २४ असार २०७५, १४ : ५७ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– गायिका मेलिना राई र गायक भारत सिवाहाङ राईको आवाजमा तयार गरिको गीत “चाहना यो मनको”सार्वजनिक गरिएको छ । अडियो तथा म्युजिक भिडियो एक साथ विशेष कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको छ ।

सांगितिक यात्रामा नयाँ अनुहारका रुपमा आएका भारत सिवाहाङ राईलाई चर्चित गायिका मेलिना राईले साथ दिएकी हुन् ।

अहिले कक्षा १० मा अध्ययन गरिरहेका१५ वर्षीय खम्बुहाङ राईले “चाहना यो मनको”बाट अभिनयको यात्रा सुरु गरेका छन् । उनले मिम्छा राईसँग गरेको रोमान्स म्युजिक भिडियोमा देख्न सकिन्छ । गायक भारत र गायिक मेलिना राई पनि म्युजिक भिडियोमा छन् ।

सञ्जीव पारदर्शी राई तथा सुष्मा रुपाबुङ राईको शब्द तथा रचना रहेको उक्त गीतमा सङ्गीतकार टिकेन्द्र राईले संगीत दिएका छन् । गायिका मेलिना राईले गीत फरक शैलीमा प्रश्तुत गरिएका कारण दर्शक तथा स्रोतालाई मन पर्ने बताइन् ।

त्यसै गरि गायन तथा अभिनयमा पहिलो पाइला चालेका भारत सिवाहाङ राई र खम्बुहाङ राईले पहिलो कामबाट धेरै उत्साहित भएको बताए ।

सबै वर्गलाई लक्षित गर्दै व्यवसायिक शैलीमा म्युजिक भिडियो तयार परिएकाले आफुहरुलाई दर्शकले मन पराई दिने अपेक्षा म्युजिक भिडियोका निर्देशक किरात बिन्द्रले गरेका छन् ।बबुल गिरीले एरेन्ज गरेको गीतको म्युजिक भिडियोको छायांकन अंकित कार्कीले गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको