अर्थ संसार, मौरङ्ग– ज्योति विकास बैंकले मोरङ्कको खोर्सानेमा सोमबारदेखि नयाँ शाखा संचालनमा ल्याएको छ ।
सुन्दरहरैंचा नगरपालिका वडा नं १२ मा रहेको उक्त शाखा औपचारिक रुपमा प्रमुख अथिति सुन्दरहरैंचा नगरपालिकाका मेयर शिव प्रसाद ढकाल तथा बैंकका संचालक छत्रमान श्रेष्ठद्वारा एक कार्यक्रमविच सोमबार संयुक्त रुपमा उद्घाटन गर्नु भएको छ ।
सो अवसरमा सुन्दरहरैंचा नगरपालिकाका मेयर शिव प्रसाद ढकालले आफ्नो नगरपालिकामा खुलेको यस विकास बैंकले सरल र सुलभ बैकिङ्ग सेवा प्रदान गर्नेमा आफु विश्वस्त रहेको बताउनु हुँदै बैंकको प्रगतिको कमना गर्नुभयो । साथै बैंकका संचालक छत्रमान श्रेष्ठले ज्योति विकास बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा खोर्सानेमा शाखा खोलेको वताउनु .हुँदै ज्योति विकास बैंक मार्पmत कारोवार गरि सहयोग गर्न अनुरोध गर्नुभयो ।
हाल बैंकले ५७ वटा शाखा कार्यालय तथा १८ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्ष भित्र थप ३ वटा नयाँ शाखा तथा थप ४ स्थानमा ATM संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।
हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट रु. १७ अर्व ८६ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १५ अर्व १५ करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस