Like us!
Follow us!
Connect us!
Watch us!

न्युरोडमा सुरु भयो मोबाइल मेला

बुधबार, १३ पुस २०७३, १७ : ३२ मा प्रकाशित

न्युरोडमा सुरु भयो मोबाइल मेला

अर्थसंसार
काठमाडौँ – ‘जहाँ मोबाइल बजार, त्यहीँ मोबाइल महोत्सव’ भन्ने मूलनाराका साथ बुधबारदेखि न्युरोडमा मोबाइल मेला सुरु भएको छ । मोबाइल व्यवसायी संघको आयोजनामा भएको मेला पुस १९ गतेसम्म चल्नेछ ।

मेलाको सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्कीले उदघाटन गर्दै न्युरोड क्षेत्रलाई अमेरिकाको सिलिकन भ्याली र भारतको बैङ्गलोरसँग तुलना गरे ।  मेलामा सबै स्मार्टफोन किन्दा एनसेलको सिम, हात खाली नजाने उपहार तथा विशेष छुटको सुविधा समेतरहेको आयोजकले जनाएको छ । यसै मेलाबाट जोप्पो र लिएगो कम्पनीका मोबाइल फोन पनि नेपाली बजारमा बिक्री सुरु भएको छ ।

संघले अंग्रेजी नयाँ वर्ष २०१७ को अवसर पारेर नेपालको सबैभन्दा ठूलो र पुरानो मोबाइल केन्द्र न्यूरोडको ताम्राकार कम्प्लेस, पिपुल्स प्लाजा लगायतका क्षेत्रहरुमा मोबाइल महोत्सव आयोजना गरेको बताएको छ  ।

महोत्सव अवधिभर मोबाइल बजारको विभिन्न स्थानमा फूड जोन, किड्स जोन, गेमिङ् जोन राखिने आयोजकले बताएको छ । यस्तै हरेक मोबाइलमा विशेष छुट दिइने महोत्सवका सहसंयोजक आविष्कारलाल श्रेष्ठले बताए । 

यो पढ्नु भयो ? 

नेप्से ५.६३ अंकले बढ्यो, सबै समूहमा हरियाली

कार्यप्रगतिका नाममा पुनर्निर्माण प्राधिकरणले बाँड्यो करोडौंको विज्ञापन, भूकम्पपीडित भने अझै पालमुनि

सुनको मूल्य बढ्यो

डिप्रोक्सले दिने भयो बम्पर लाभांश, ५४ प्रतिशत दिने

कुचो बेचेर धानिएको एउटा जिन्दगी

मुसहर बस्ती बनाउन धुर्मुश बर्दिबासमा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको