Like us!
Follow us!
Connect us!
Watch us!

मरिण गाउँ पालीकामा वर्षा मापन यन्त्र जडान

शुक्रबार, ०१ भदौ २०७५, ०७ : ४८ मा प्रकाशित

मरिण गाउँ पालीकामा वर्षा मापन यन्त्र जडान

शंखर पहाडी,गौरब

अर्थ संसार, सिन्धुली-सिन्धुलीको मरिण गाउँ पालीकामा वर्षा मापन यन्त्र जडान गरिएको छ । मरिण खोलाको आसपासमा बसोबास गर्ने स्थानियबासीहरुलाई वर्षाको मापन गरि बाढी तथा पहिरोको जोखिमबारे जानकारी गराउन वर्ष मापन यन्त्र जडान गरिएको मरिण गाउँ पालीकाका अध्यक्ष पानीराज बम्जनले अर्थ सन्सार सिन्धुलीलाई बताउनु भयो । 

सवल कार्यक्रम अन्तर्गत रेनफल स्टेसन सत्तचालन गरि वर्ष मापन यन्त्र जडान गरिएको बम्जनको भनाई छ ।  यन्त्र जडानले बाढी तथा पहिरोको जोखिममा रहेका स्थानियबासीलाई आफु  सुरक्षित रहे नरहेको जानकारी  हुने गाउँ पालीकाले जनाएको छ । 

मरिण खोलाको आसपासमा रहेका  दर्जनौँ बस्ती हरेक वर्ष बाढी तथा पहिरोबाट प्रभावित हुने गरेका छन । यन्त्र जडानबाट यस्ता समस्याको अन्त्य हुने गाउँपालीका बासीले अपेक्षा गरेका छन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको