Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकप फुटब : इरान र न्युजिल्यान्डले बराबरी खेले

अर्थ संसार

मंगलबार, ०२ असार २०८३, १० : ३० मा प्रकाशित

विश्वकप फुटब : इरान र न्युजिल्यान्डले बराबरी खेले

विश्वकप फुटबलमा इरान र न्युजिल्यान्डले २–२ गोलको बराबरी खेलेका छन् । खाडी युद्धका कारण यो विश्वकपमा सहभागिता नै अनिश्चित बनेको इरानले आज आफ्नो पहिलो खेल न्युजिल्यान्डसँग बराबरी खेलेको हो । 

अमेरिकाको लस एन्जलसमा भएको खेलमा न्युजिल्यान्डले दुई पटक अग्रता बनाए पनि जोगाउन सकेन । इजिल जस्टले खेलको ७ औ र ५५औँ मिनेटमा गोल गरे ।  इरानका लागि ३२ औँ मिनेटमा रमनी रेजाइन र ६४ औँ मिनेटमा मोहम्मद मोहेवीले गोल गरे । दुवै टोलीले अङ्क बाँडेका छन् । समूह ‘जी’ कै यसअघि भएको पहिलो खेलमा बेल्जियम र इजिप्टले पनि बराबरी खेल्दै एक÷एक अङ्क बाँडेका छन् । इजिप्टले १९औँ मिनेटमा इमाम आशौरको गोलमार्फत अग्रता लिएको थियो । तर दोस्रो हाफको ६६औँ मिनेटमा इजिप्टका मोहम्मद हानीको उपहार गोलबाट बेल्जियम हारबाट जोगियो । 

त्यस्तै आज बिहान भएको खेलमा उरुग्वे र साउदी अरब तथा गए राति भएको खेलमा स्पेन र केप भर्डेले पनि बराबरी खेल्दै अङ्क बाँडेका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको