गोर्खाज फाइनान्स लिमिटेडले संस्थापक सेयर लिलाम बिक्रीमा राखेको छ । विद्यमान संस्थापक सेयर धनिहरुका लागि ३५ दिनको म्याद राखेर सूचना जारी गर्दा पनि आवेदन नपरेकाले सबैले किन्न पाउने गरि कम्पनीले १५ दिनको सूचना निकालेको हो ।
कम्पनीले पिर्थि माया राईले आफ्नो नाममा रहेको ७ हजार ३७ कित्ता संस्थापक सेयरहरू बिक्री गर्नका लागि राखिएको हो । कम्पनीले फागनु १० गते ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएकोमा उक्त सेयर खरिद गर्न कुनै पनि विद्यमान संस्थापक सेयरधनिहरूबाट निवेदन प्राप्त नभएकोले उक्त संस्थापक सेयर खरिद गर्न ईच्छुक अन्य सर्वसाधरण व्यक्ति वा संस्थाले नेपाल राष्ट्र बैंकले तोकेको संस्थापक सेयर खरिद सम्बन्धी योग्यता पुगेको व्यहोरा खुल्ने कागजात तथा अन्य विवरणहरू खुलाई आवेदन दिन आग्रह गरेको छ । सेयर किन्न इच्छुक व्यक्ति तथा संस्थाले कम्पनीको प्रधान कार्यलय, डिल्लीबजार, काठमाडौंमा सम्पर्क गर्नु पर्ने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस