चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा वाणिज्य बैंकहरूले निर्माण क्षेत्रतर्फको कर्जा लगानीमा उल्लेख्य वृद्धि गरेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले यस क्षेत्रमा कुल २ खर्ब २८ अर्ब ७९ करोड २५ लाख रुपैयाँ बराबरको ऋण प्रवाह गरेका छन् । जुन गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा १०.५१ प्रतिशतको बढी हो। गत वर्षको यसै अवधिमा बैंकहरूले निर्माण क्षेत्रमा २ खर्ब ७ अर्ब ४ करोड २३ लाख रुपैयाँ लगानी गरेका थिए। तथ्यांकअनुसार समीक्षा अवधिमा १३ वटा बैंकले आफ्नो कर्जा बढाएका छन् भने ७ वटाको लगानीमा गिरावट आएको छ।
निर्माण क्षेत्रमा सबैभन्दा बढी रकम लगानी गर्नेमा नबिल बैंक अग्रस्थानमा देखिएको छ। बैंकले वैशाख मसान्तसम्म २६ अर्ब ६७ करोड ९६ लाख रुपैयाँ ऋण लगानी गरेको छ। यो गत वर्षको २५ अर्ब ५६ करोड ३१ लाख रुपैयाँको तुलनामा ४.४७ प्रतिशतले बढी हो। यसैगरी, २५ अर्ब १८ करोड ४४ लाख रुपैयाँ कर्जा प्रवाह गर्दै लक्ष्मी सनराइज बैंक दोस्रो स्थानमा रहेको छ। जुन गत वर्षको २० अर्ब ७५ करोड ७१ लाख रुपैयाँ भन्दा बढी हो। तेस्रो स्थानमा रहेको एनआईसी एसिया बैंकको लगानी भने अघिल्लो वर्षको २२ अर्ब ९७ करोड ९० लाख रुपैयाँबाट ८.७४ प्रतिशतले घटेर २० अर्ब ७४ करोड ८१ लाख रुपैयाँमा सीमित भएको छ।
लगानी घटाउने अन्य बैंकहरूमा कुमारी, कृषि विकास, स्ट्यान्डर्ड चार्टर्ड, नेपाल इन्भेस्टमेन्ट मेगा, सिद्धार्थ र नेपाल बैंक रहेका छन्। बाँकी बैंकहरूले आफ्नो लगानी बढाएका छन्। जसमा माछापुच्छ्रे बैंकको कर्जा वृद्धिदर सबैभन्दा बढी (६७.०७ प्रतिशत) देखिएको छ।
नेपाल एसबीआई बैंकले भने निर्माण क्षेत्रमा सबैभन्दा कम कर्जा लगानी गरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
कुन बैंकबाट कति कर्जा प्रवाह ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस