शंखर पहाडी,गौरब
अर्थ संसार, सिन्धुली – सिन्धुलीको गोलन्जोर ६ मा एक पुरुषको शव फेला परेको छ । गोलन्जोर गाउँ पालीका ६ को हैवारमा सञ्चालीत एक कुखुरा फर्म नजिकै एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यलय खुर्काेटका प्रहरी प्रमुख तथा प्रहरी निरिक्षक अशोक कुमार झाका अनुसार गोलन्जोर ६ घरभई विगत केही महिनादेखि हरी बहादुर विसुन्खेले सञ्चालन गरेको कुखुरा फर्ममा बस्दै गरेका वर्ष अन्दाजी ५६/५७ का हर्क बहादुर सार्की हिजो राती मृत अवस्थामा फेला परेका ईलाका प्रहरी कार्यलय खुर्काेटले अर्थ सन्सार सिन्धुलीलाई जानकारी दिएको छ ।
फर्म सुनशान देखेपछि स्थानियले बोलाउँदा केही नबोले पछि खोजी गर्दा सार्कीलाई धान खेतमा घेप्टे परेको मृत अवस्थामा फेला पारेपछि स्थानियले प्रहरीलाई खबर गरेको प्रहरीकोे भनाई छ ।
प्रहरीका अनुसार कुखुरा फर्म सञ्चालक हरी बहादुर २ दिन नआउने गरि घर गएको र सार्की एक्लै फर्ममा रहेका थिए । घटना के कारणले भएको हो सो एकिन नभएको प्रहरीको भनाई छ । सवलाई पोष्टमार्टमको लागि आज सिन्धुली पठाईएको प्रहरीले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस