Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल क्रेडिट एण्ड कमर्स बैक र सन नेपाल लाईफ ईन्स्योरेन्स बीच बैकासुरेन्स सम्झौता

आइतबार, ०३ भदौ २०७५, १८ : २२ मा प्रकाशित

नेपाल क्रेडिट एण्ड कमर्स बैक र सन नेपाल लाईफ ईन्स्योरेन्स बीच बैकासुरेन्स सम्झौता

अर्थ संसार, काठमाडौं– नेपाल क्रेडिट एण्ड कमर्स बैंक  र सन नेपाल लाईफ ईन्स्योरेन्स बीच बैकासुरेन्स मार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने सम्झौता भएको छ ।
 
आइतबार भएको सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट सन नेपाल लाईफ ईन्स्योरेन्सको पोलिसी बिक्री गरिनेछ ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र सन नेपाल लाईफ ईन्स्योरेन्सका तर्फ वाट प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याललले संयुक्त रुपमा हस्ताक्षर गर्नुभयो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको