Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम कमर्सिलयमा ओम डेभलपमेन्ट गाभिने

सोमबार, ०४ भदौ २०७५, १२ : ०३ मा प्रकाशित

प्राइम कमर्सिलयमा ओम डेभलपमेन्ट गाभिने

अर्थ संसार, काठमाडौं–  प्राइम कमर्सियल बैंकले ओम डेभलपमेन्ट बैंकलाई गाभ्ने भएको छ । दुवै बैंक एक आपसमा एक्विजिसन गर्ने सम्बन्धमा गत आइतबार   प्राइम कमर्सियल बैंकका अध्यक्ष उदयमोहन श्रेष्ठ र ओम डेभलपमेन्ट बैंकका अध्यक्ष सुशील कुमार गोशलीले हस्ताक्षर गरेका छन् । आगामी मंसिर महिनाको पहिलो साताभित्र एक्विजिसन सम्बन्धी कार्य सम्पन्न गर्ने सहमति भएको छ ।

 ओमको डीडीए प्रतिवेदन अनुसार ओमको सम्पतिमा हाल कायम रहेको किताबी मूल्यमा (एड्जस्टेड बुक भ्यालु) १०प्रतिशत भन्दा बढीले घटि भएको अवस्थामा बाहेक प्राइमको १ कित्ता सेयर बराबर ओमको सेयर निर्धारण गर्ने सहमति भएको छ । किताबी मूल्यमा १०प्रतिशत भन्दा धेरैले घटि भएमा भने आपसी सहमतिमा सेयर स्वाप रेसियो तय गरिने बैंकले जनाएको छ ।
 

गत आर्थिक वर्षको अन्त्यसम्ममा प्राइमले १ अर्ब ९४ करोड २३ लाख ९ हजार रुपैयाँ र ओमले ४० करोड ३ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएका छन् । प्राइम बैंकको चुक्ता पुँजी ८ अर्ब ३ करोड ३२ लाख ९० हजार रुपैयाँ रहेको छ । यसैगरी, ओमको चुक्ता पुँजी २ अर्ब ५१ करोड ५२ लाख ३५ हजार रुपैयाँ छ ।
 
यस्तो छ एक्विजिसन सम्बन्धी सहमतिपत्र

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको