साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । अघिल्लो दिन पनि घटेको बजार आज भने २ अंकले घटेर बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा परिसूचक २६४९.५१ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १७० कम्पनीको सेयर मूल्य घटेको छ भने ८५ कम्पनीको सेयर मूल्य बढेको छ । आज २० कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स ०.५५ अंकले घटेर ४५७.६८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य घटेको छ भने ५ वटाको बढेको छ । परिसूचक घटेको दिन बजारमा करिब ४ अर्ब रुपैयाँको कारोबार भएको छ ।
आज सेयर बजारमा ३५९ कम्पनीका ७७ लाख २७ हजार ६४९ कित्ता सेयर ३९ हजार ५४६ पटक खरिद बिक्री हुँदा ३ अर्ब ९४ करोड ५८ लाख ४ हजार ५५२ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस