शंखर पहाडी(गौरब)
अर्थ संसार, सिन्धुली- सिन्धुलीको फिकल गाउँ पालीकाले पालीकाको गतिबिधी नागरीकले सहजै थाहा पाउन भन्ने उद्देश्यका साथ मोवाईल एप्सको प्रयोग गरेको छ ।
पालीकालाई सुचनामैत्री बनाउने उद्देश्यले पालीकामा भएका सबै सुचनाहरु पालीका बासीले थाहा पाउन सहज होस भन्नका लागि गाउँ पालीकाको नाममा मोवाइ्र्रल एप्सको प्र्रयोग गरेको फिकल गाउँ पालीकाले अर्थ संसारलाई जानकारी दिएको छ ।
सिन्धुलीका ९ स्थानिय निकाय मध्ये यस अघि सिन्धुलीको सुनकोसी गाउँ पालीकाले आफ्नो पालीकाको सुचना नागरीकलाई सहजै थाहा होस भन्नका लागि पालीकाको नाममा मोवाइ्र्रल एप्सको प्रयोग गरेको थियो । भने फिकल गाउँ पालीका मोवाईल एप्स प्रयोग गर्ने सिन्धुलीको दोस्रो गाउँ पालीका बन्न सफल भएको छ ।
पालीकाको मोवाईल एप्समा आर्थिक वर्ष २०७५/०७६ को पालीकाको योजना,नागरीक वडा पत्र,कर तथा राजश्वको दररेट,जनप्रतिनिधी तथा कर्माचारी विवरण, ऐन नीयम कानुन र सुचना तथा समाचारहरु राखिएको पालीकाका अध्यक्ष धन बहादुर कार्कीले जानकारी दिनु भयो ।
पालीकाको मोवाईल एप्सले गाउँ पालीकाला्रई प्रविधि मैत्री तथा सुचना मैत्री बनाउनुका साथै घरमै बसेर पालीकाको गतिविधिहरु नागरीकला्रई थाहा पाउन सहयोग पुग्ने पालीकाका अध्यक्ष कार्कीले बताउनु भयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस