Like us!
Follow us!
Connect us!
Watch us!

एनआइसी एसिया बैंकको शाखारहित बैंकिङ

विहीबार, ०७ भदौ २०७५, ०८ : ५६ मा प्रकाशित

एनआइसी एसिया बैंकको शाखारहित बैंकिङ

अर्थ संसार, काठमाडौं-एनआइसी एसिया बैंक लिमिटेडले रुपन्देहीको शुद्धोधन  गाउँपालिका भुजौलीमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकको यो १८औँ शाखारहित बैंकिङ सेवा हो। उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन शुद्धोधन गाउँपालिकाका अध्यक्ष किसुनचन्द्र चौधरीले गरेका थिए । बैंकले गंगा ढकाललाई स्थानीय प्रतिनिधि तोकेको जनाएको छ ।

शाखा रहित बैंकिङ सेवाबाट स्थानीय बासिन्दाले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, टेलिफोन, मोबाइल, एडिएसएल, डिसहोमजस्ता उपयोगी सेवाको महसुल भुक्तानी गर्नेजस्ता काम गर्न सक्ने जनाइएको छ ।

त्यस्तै, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको सावाँ तथा ब्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले देशभरमा २ सय ३८ शाखा, २ सय ३२ एटिएम, १४ एक्स्टेन्सन काउन्टर एवं १८ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको