Like us!
Follow us!
Connect us!
Watch us!

बागलुङका सबै स्थानीय तहमा बैंक

आइतबार, १० भदौ २०७५, ०८ : ३७ मा प्रकाशित

बागलुङका सबै स्थानीय तहमा बैंक

अर्थ संसार, बागलुङ स्थानीय तहमा बैङ्क पुर्याउने राष्ट्र बैङ्कको नीति अनुसार यहाँका दशवटै स्थानीय तहमा बैङ्कका शाखा खुलेका छन् ।

ग्रीन डेभलपमेन्ट बैङ्कले शनिबार काठेखोला गाउँपालिकामा बैङ्कको शाखा विस्तार गरेसँगै सबै स्थानीय तहमा बैङ्कको पहुँच पुगेको हो । सबैभन्दा बढी प्रभु बैङ्कले आठ स्थानीय तहमा आफ्ना शाखा विस्तार गरेको छ ।

प्रभुले गत महीना मात्र ताराखोला गाउँपालिकामा शाखा पुर्याएको थियो । बागलुङकै देवी भट्टचन अध्यक्ष रहनुभएको प्रभु बैङ्क दशवटै स्थानीय तहमा शाखा खोल्ने तयारीमा छ । प्रभुपछि ग्लोबल आईएमई बैङ्कले चार स्थानीय तहमा आफ्ना शाखा विस्तार गरेको छ । बागलुङकै चन्द्र ढकाल अध्यक्ष रहनुभएको ग्लोबलले पनि अन्य स्थानीय तहमा पनि शाखा पु¥याउने जनाएको छ ।

बागलुङमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैङ्क पनि गलकोट र ढोरपाटन नगरपालिकामा शाखा विस्तार गर्ने योजनामा छ । ग्रामीण भेगमा आधुनिक बैंकिङ सेवा पु¥याउने लक्ष्य लिइएको बैङ्कका प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्यले बताउनुभयो ।

बागलुङको काठेखोलामा शाखा सञ्चालनमा आएसँगै ग्रीनका शाखा सङ्ख्या चार पुगेको छ । बैङ्क सञ्चालनमा आएसँगै गाउँपालिकालाई आर्थिक गविविधिसँग जोडन् सहज भएको छ ।

सदरमुकाम रहेको बागलुङ नगरपालिकामा भने दुई दर्जन बढी बैङ्कका शाखा छन् । सदरमुकामसँगै गलकोट नगरपालिका र ढोरपाटन नगरपालिकामा नेपाल बैङ्क लिमिटिडको पनि शाखा सञ्चालनमा छ । सबै भन्दा बढी वाणिज्य र त्यसपछि विकास बैङ्कले आफ्नो सेवाको पहुँच बढाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको