Like us!
Follow us!
Connect us!
Watch us!

जनता बैंकको ‘मेरो तलव खाता’ संचालनमा

आइतबार, १० भदौ २०७५, १७ : ३७ मा प्रकाशित

जनता बैंकको ‘मेरो तलव खाता’ संचालनमा

अर्थ संसार, काठमाडौं–  जनता बैंक नेपाल लिमिटेडले ‘मेरो तलव खाता’ संचालनमा ल्याएको छ । श्रम ऐनले सबै क्षेत्रका कर्मचारीको पारिश्रमिक बैक खातामार्फत भुक्तानी गर्नुपर्ने अनिवार्य ब्ववस्थालाई मध्यनजर गर्दे ‘मेरो तलव खाता’ संचालनमा ल्याएको हो ।  

श्रमिक/कर्मचारी वर्गको अधिकतम सुविधा सुनिश्चित गर्ने हेतुले आकर्षक व्याजदर, बीमा तथा अन्य धेरै सुविधा सहित ‘मेरो तलव खाता’ संचालनमा ल्याएको बैंकले जनाएको छ ।

 मेरो तलव खाताका विशेषताहरु निम्नलिखित रहेका छन्

  •   शुन्य मौज्दातमा खाता खोल्न सकिने ।

  •   वार्षिक व्याज दर ७ प्रतिशत ।

  •  दैनिक मौज्दातमा त्रैमासिक व्याज भूक्तानी ।

  •  निःशुल्क Visa Debit Card (२ वर्षको लागि )

  •  निःशुल्क दुर्घटना (मृत्यु) बीमा सुविधा ( ७लाख सम्म ) ।

  • निःशुल्क ABBS सुविधा (रु.२ लाख सम्म ) ।

  •  निःशुल्क Cheque, statement (on Demand तथा ASBA सेवा

संगठित क्षेत्रमा कार्यरत सबै उमेर समूहका ग्राहकहरुले नजिकको शाखा कार्यालयमा मेरो तलब खाता खोली यो योजनामा सहभागी हुन सक्नेछन् ।

साथै, श्रम ऐन २०७४ को व्यवस्था बमोजिम कर्मचारी/श्रमिकको संचयकोष, उपदान लगायतका रकम जनता अवकाश कोषमा जम्मा गरी सम्पूर्ण सुविधाजनता बैंकको एकै छातामुनी प्राप्तगर्न सकिनेछ ।”

बैंकले हाल देशभरीबाट १२२ शाखा संजाल, ४० शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ ईकाइ, २ एक्सटेन्सन काउन्टर र ७० एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको