Like us!
Follow us!
Connect us!
Watch us!

अपहरणमा परेकी सोनाली चौधरीको हत्या

सोमबार, ११ भदौ २०७५, १९ : ०१ मा प्रकाशित

अपहरणमा परेकी सोनाली चौधरीको हत्या

अर्थ संसार, महोत्तरी–  महोत्तरी औरहीबाट आइतबार अपहरणमा परेकी आठमहिने बालिका मृत अवस्थामा भेटिएकी छिन् ।

पसलबाट हराएको २० घण्टापछि सोमबार दिउँसो भङ्गहा नगरपालिका– ७ स्थित खुल्ला चौरमा उनी मृत अवस्थामा भेटिएको महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो । प्रहरी टोली घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको पनि उहाँले बताउनुभयो ।

मृत अवस्थामा भेटिएकी बालिका औरही–१ स्थित सिद्धान्त फैन्सी स्टोर्सका सञ्चालक सन्तोष चौधरीका छोरी सोनाली चौधरी रहेको प्रहरीले जनाएको छ । उनलाई अपरिचित व्यक्तिले खेलाउन लैजान्छु भन्दै अपहरण गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको