Like us!
Follow us!
Connect us!
Watch us!

झाँक्री हत्याको आरोपमा २४ जना थुनामा

मंगलबार, १२ भदौ २०७५, २१ : १४ मा प्रकाशित

झाँक्री हत्याको आरोपमा २४ जना थुनामा

अर्थ संसार, धादिङ  जिल्ला अदालत धादिङले गङगाजमुना गाउँपालिका–२ लताब गाउँका झाँक्री र उनका सहयोगीलाई कुटपिट गरी हत्या गरेको आरोपमा पुर्पक्षका लागि २४ जनालाई थुनामा राख्न आदेश दिएको छ ।

जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले प्रहरीले पक्राउ गरी अनुसन्धानपछि जिल्ला अदालतमा पेश गरिएका २८ जनामध्ये २४ जनालाई पुर्पक्षका लागि थुनामा राख्न र चार जनालाई साधारण तारेखमा छाड्न आदेश दिइएको जिल्ला अदालतका स्रेस्तेदार उदयराज काफ्लेले आज जानकारी दिनुभयो ।

हत्यामा सङ्लग्न दुई जना अझै परार रहेको बताइएको छ । टुनामुना गरी गाउँवासीलाई दःुख दिएको आरोपमा ६० वर्षीय साइला भन्ने प्लेक तामाङ र सोही स्थानका नरुङ तामाङलाई गाउँलले कुटपिट गरी हत्या गरिएको थियो ।

कुटपिटबाट मृत्यु भएका दुबैजनालाई गाउँलेले साउन ५ गते जलाएका थिए । प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले साउन ७ गते उनीहरुलाई पक्राउ गरी हिरासतमा लिएको थियो । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको