Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकमा २ करोड २८ लाख हिनामिना, बैंकिङ कसुरका अभियुक्त ६ जना पक्राउ

विहीबार, १४ भदौ २०७५, ०८ : १० मा प्रकाशित

सिटिजन्स बैंकमा  २ करोड २८ लाख हिनामिना,  बैंकिङ कसुरका अभियुक्त ६ जना पक्राउ

अर्थ संसार, काठमाडौँ-  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडलाई रु दुई करोड २८ लाख ३८ हजार ४०१ हानि पुर्याउने छ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

बैङ्कको न्यूरोड शाखाका कर्मचारी र सुन ऋणीको मिलेमतोमा धितोबापत राखिएको सुन ऋण चुक्ता नहुँदै फिर्ता दिने तथा अपुग सुनसमेत राखी विभिन्न समयमा ऋण प्रवाह गरी बैङ्कलाई हानि पुर्याउने ती व्यक्तिलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

पक्राउ पर्नेमा बैङ्कका कर्मचारीहरु वरिष्ठ सुन जाँचक भक्तपुरका सामिन शाक्य र सहायक सुन जाँचक विन्देश शाक्य, प्राइम कमर्सियल बैंक गोल्ड अडिट विभगाका अमितराज बज्राचार्य, ऋणी मोरङ शनिश्चरेका लभ बराइली र सङ्खुवासभा शनिश्चरे चैनपुरका उमेशराज बराइली छन् ।

पक्राउ परेकालाई उच्च अदालत पाटनबाट आज सात दिनकोे म्याद थप गरी बैंकिङ कसुर तथा सजाय ऐनबमोजिम अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको