Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंक तनहुँको डुम्रेमा

शुक्रबार, १५ भदौ २०७५, ११ : ०१ मा प्रकाशित

एनआईसी एशिया बैंक तनहुँको डुम्रेमा

अर्थ संसार, काठमाडौं– निजी क्षेत्रको सवै भन्दा ठूलो बैंक ‘एनसाइसी एशिया बैंक’ ले तनहुको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा नयाँ शाखा खोली कारोबार सुरु गरेको छ । बिहीबार   बैंकका संचालक राजेन्द्रप्रसाद अर्यालले भव्य समारोहका बिच समुद्घाटन  गर्नुभएको थियो ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २४१ शाखा कार्यालयहरु, २३८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबै भन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफलभएको छ ।

बैंकको वासलातको आकार . १८३ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब  १५५ अर्ब तथाकर्जा १२७ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबै भन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म यस बैंकमाग्राहकको संख्या करिब १२ लाख १९ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको