Like us!
Follow us!
Connect us!
Watch us!

जनता बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बिच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौता

शनिबार, १६ भदौ २०७५, ११ : ४५ मा प्रकाशित

जनता बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बिच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौता

अर्थ संसार, काठमाडौं - जनता बैंक नेपाल र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच शुक्रबार तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौताअनुसार एन.बी.आईले जनता बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।

सम्झौता अनुसार जनता बैंक ले आफ्नो कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट न्युनतम  ५० लाख बराबर रकमको वार्षिक तालिम संचालन गराउने छ ।

उक्त सम्झौतापत्रमा जनता बैंक नेपाल लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत  परशुराम कुवंर क्षेत्री र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर भएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको