Like us!
Follow us!
Connect us!
Watch us!

शर्मिष्ठाको हत्यारालाई कारबाही गर्न परिवारको माग, कारबाही नभए गृह मन्त्रालयमै अनशन बस्ने

शनिबार, १६ भदौ २०७५, १८ : ४३ मा प्रकाशित

शर्मिष्ठाको हत्यारालाई कारबाही गर्न परिवारको माग, कारबाही नभए गृह मन्त्रालयमै अनशन बस्ने

शंखर पहाडी (गौरब)

अर्थ संसार, सिन्धुली– बलात्कारपछि हत्याका घटनाले यतिबेला देशभर  तरङ्गित बनाइरहेको समयमा जनकपुरमा भएको एउटा त्रासीत घटनाको  सत्ताको दबाबले ओझेलमा पारीएको छ ।

 विगत ६ वर्षदेखि जनकपुरको ब्रह्मपुरीस्थित जानकी मेडिकल कलेजको सिटी हस्पिटलमा स्टाफ नर्सका रूपमा कार्यरत शर्मिष्ठा सुवेदी बरालको बि.सं. २०७४ साल चैत्र ३ गते राती   जनकपुरमा आफ्नै कोठामा हत्या भएको थियो ।

रामेछापको मन्थली नगरपालीका १, सानीमदौ सिर्जनानगरमा बिसं. २०३७ सालमा  जन्मिएकी शर्मीष्ठाको बि.सं. २०७४ साल चैत्र ३ गते राती   जनकपुरधामको पिडारीचोकमा रहेको विक्की थापाको घरमा रहेको डेरामा हत्या भएको शर्माीष्ठका आफ्न्तको भनाई छ ।

मृत्यु हुनुअघि उनलाई सोही मेडिकलमा एमबीबीएसमा अध्ययनरत मनीष यादवले हत्या गर्ने धम्कीसहितको म्यासेज पठाएका थिए भने घटनापछि शर्मिष्ठाका भाइ विजय सुवेदीले जनकपुर प्रहरीमा उनीविरुद्ध हत्याको किटानी जाहेरीसमेत दिएका छन् । तर २ नं. प्रदेशका मन्त्रीहरूको आफन्त भएकै कारण प्रशासनले अभियुक्त मनीषलाइ्र्र कार्बाही त के  पक्राउसमेत नगरेको आफन्तको गुनासो छ ।

सिन्धुलीको गोलन्जोर ३ का शिक्षक आनन्दराज बरालसँग वैवाहिक सम्बन्ध रहेकी शर्मिष्ठालाई अभियुक्तले विषय बाहिर लगे मार्ने धम्की दिइरहने गरेको र मृत्यु हुनुभन्दा एक घन्टाअघिसम्म उनले आफूलाई जनकपुरमा बस्न गाह्रो भएकाले छिट्टै काठमाडौँ आउन लागेको छोरीलाई बताएकी शर्मीष्ठाकी छोरी आकृताले बताईन ।

मनिषले घटनाको केही मिनेटअघि तिम्री आमा मर्दैछे भनेर छोरीलाई फोनबाटै सुनाएका थिए तर किटानी जाहेरीपछि उनी सम्पर्कमा नरहेकाले पक्राउ गर्न नसकिएको प्रशासनले गौर जिम्मेवारपुर्ण अभिव्यक्ति दिएको शर्मीष्ठाका आफ्न्तको भनाई छ ।

प्रदेशका मन्त्रीहरूसँगको सम्बन्धकै कारण आरोपी मनिषलाई प्रहरीले हालसम्म पक्राउ नगरेको शर्मिष्ठाका बाबु केशव सुवेदी, किटानी जाहेरी दिने भाइ विजय र विदुर तथा बहिनीहरू सुलोचना र सिर्जनाले बताउँदै आएका छन् ।

शर्मिष्ठाका देवर राजकुमार बरालले भाउजूको हत्यापछि मनिष फरार रहेको भनिए पनि जनकपुरतिरै घुमिरहेका देखिएको तर प्रहरीले पक्राउ नगरेको बताएका छन् । उजुरी गर्नेहरूलाई पनि मनिषले धम्क्याउँदै आएको पीडितहरूको गुनासो छ ।

एउटै संस्थामा काम गर्ने शर्मिष्ठा र मनिषका बीच नजिकको सम्बन्ध रहेको र मनिष बारम्बार उनको कोठामा आउनेजाने गरेको जनकपुरका दीपेन्द्र सिंहले लेखेका छन् । स्थानीय बासिन्दाले भने आरोपीले बलात्कार गरी शर्मिष्ठाको हत्या गरेको बताएका छन् ।

देशभर महिलाको बलात्कारपछि हत्याका एउटै प्रकृतिका जघन्य घटना भइरहेका छन् । पीडितहरू आन्दोलनमै उत्रिए  हारगुहार मात्र गर्नेले न्याय पाउन नसकेको शर्मिष्ठाका वृद्ध र रोगी बाबु केशव बताउँछन् । छोरीका हत्यारालाई कारबाही नगरिए गृह मन्त्रालयमै अनशन बस्ने उनले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको