Like us!
Follow us!
Connect us!
Watch us!

बलात्कारीका लागि कठोर कानून बनाउनुपर्छ – उपसभामुख

शनिबार, १६ भदौ २०७५, १८ : ४३ मा प्रकाशित

बलात्कारीका लागि कठोर कानून बनाउनुपर्छ – उपसभामुख

अर्थ संसार, काठमाडौँ– उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले अहिलेकै अवस्थामा बलात्कारीलाई मृत्युदण्ड हुने कानून बनाउन नसकिने बताउनुभएको छ ।

नेपाल राष्ट्र बैंक कर्मचारी सङ्घ महिला विभागले यहाँ आज आयोजना गरेको कार्यक्रममा उपसभामुख तुम्बाहाङ्फेले जस्तोसुकै अवस्थामा पनि नागरिकको बाँच्न पाउने अधिकार सुनिश्चित हुने गरी विभिन्न अन्तर्राष्ट्रिय सन्धि, सम्झौता र अभिसन्धिमा नेपालले हस्ताक्षर गरेको सन्दर्भमा बलात्कारीलाई मृत्युदण्ड हुने कानून बनाउन नसकिने स्पष्ट पार्नुभयो ।

“बलात्कारीलाई मृत्युदण्डको माग गरेर अहिले जतिसुकै आन्दोलन गरे पनि नेपाल विभिन्न अन्तर्राष्ट्रिय सम्झौतामा रहुन्जेल बलात्कारीलाई मृत्युदण्ड हुने कानून निर्माण गर्न सकिँदैन तर सङ्घीय संसद्ले महिला हिंसामा संलग्नलाई भने कठोर कानून बनाएर कारवाही गर्ने छ”, उहाँले भन्नुभयो ।

आजै दृष्टिविहीन कल्याण समितिको साधारणसभालाई सम्बोधन गर्दै उपसभामुख तुम्बाहाङ्फेले अपाङ्गता भएकाको अधिकार रक्षाका लागि सरकारसँगै सम्वन्धीत निकाय नै गम्भीर हुनुपर्छ भन्नुभयो । उहाँले सीमित स्रोत र साधनका बीच नेपालमा अपाङ्गता भएका व्यक्तिले आफ्नो गुजारा चलाउने गरेको बाध्यताप्रति चासो व्यक्त गर्दै अपाङ्गताको अधिकारका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको