Like us!
Follow us!
Connect us!
Watch us!

१२ घण्टापछि अन्तर्राष्ट्रिय विमानस्थल संचालन

आइतबार, १७ भदौ २०७५, ०९ : २५ मा प्रकाशित

१२ घण्टापछि अन्तर्राष्ट्रिय विमानस्थल संचालन

अर्थ संसार, काठमाडौँ– यती एयरलाइन्सको विमान दुर्घटनाका कारण  शनिबार राति ८स्३५ देखि अवरुद्ध त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल १२ घण्टापछि संचालनमा आएको छ ।

अवतरणका क्रममा चिप्लिएर घाँसे मैदानतर्फ धाँसिएको यती एयरलाइन्सको विमान हटाएपछि विमानस्थल संचालनमा आएको हो ।

नेपालगञ्जबाट २१ यात्रु बोकेर काठमाडौँ आइपुगेको यतीको कलसाइन नाइन एन एएचडब्लुको जेट स्ट्रिम विमान गए राति अवतरणको क्रममा धावनमार्गमा चिप्लिएको थियो ।  दुर्घटनामा कुनै मानवीय क्षति भएन ।

घाँसे मैदानमा धस्सिएको विमानलाई नेपाल नागरिक उड्डयन प्राधिकरण, यती एयरलाइन्सका प्राविधिकलगायतको टोलीले तानेर रनवेतर्फ लगिसकेको विमानस्थल कार्यालयले जनाएको छ ।  अवरुद्ध विमानस्थल  केहीबेरदेखि पुनः सञ्चालनमा आएको विमानस्थलका प्रमुख एयर ट्राफिक कन्ट्रोलर अफिसर सीताराम भण्डारीले जानकारी दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको