अर्थ संसार, काठमाडौं– एसिया कप छनोट क्रिकेटमा नेपालले दोस्रो जित हात पारेको छ । सिंगापुर विरुद्ध ४ विकेटको जितसँगै नेपालले फाइनलमा पुग्ने झिनो सम्भावना जिवित राखेको छ । यो जितसँगै नेपाल अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ ।
सिंगापुरले नेपाललाई १ सय ५२ रनको सामान्य लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउने क्रममा नेपालका ओपनर अनिल शाहले आक्रमक सुरुवात दिएका थिए । उनले ३२ बलमा ४३ रन बनाए । यसैगरी ज्ञानेन्द्र मल्लले २९ र दिपेन्द्र सिंह ऐरीले ३४ बलमा ३३ रन बनाए ।
बलिङतर्फ नेपालका सन्दिप लामिछाने र ललित सिंह राजवंशीले ३-३ विकेट लिएका थिए । यसैगरी सोमपाल कामीले २ र बसन्त रेग्मीले एक विकेट लिए । नेपालले आफ्नो अन्तिम म्याच हङकङविरुद्ध खेल्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस