Like us!
Follow us!
Connect us!
Watch us!

शिक्षामा जनता बैंकको योगदान, विद्यालयलाई कम्प्युटर हस्तान्तरण

आइतबार, १७ भदौ २०७५, १४ : ०३ मा प्रकाशित

शिक्षामा जनता बैंकको योगदान, विद्यालयलाई कम्प्युटर हस्तान्तरण

अर्थ संसार, काठमाडौं– जनता बैंक नेपाल लिमिटेडद्वारा सामुदायिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरिएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री फुलचोकी आधारभुत विद्यालय, पनौती, काभ्रेलाई २ थान कम्प्युटर हस्तान्तरण गरिएको हो । बैंकका संस्थागत मामिला प्रमुख छविलाल हुमागाईले पनौती नगरपालिकाका प्रमुख भीम न्यौपाने मार्फत विद्यालयका प्रधानाध्यापक श्री केशव हुमागाईंलाई उक्त सामाग्री हस्तान्तरण गर्नु भएको हो ।

जनता बैंकले सामाजिक उत्तरदायित्वमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखिकार्य गरिरहेको छ । विशेष गरी ग्रामिण क्षेत्रका महिलाहरुको स्वास्थ्य परिक्षण र पाठेघर सम्बन्धि निःशुल्क अपरेशन तथा सामुदायिक विद्यालयको स्तर उन्नतीलाई मध्येनजर गरी विद्यार्थीहरुलाई छात्रवृत्ति र शिक्षण सामाग्री उपलब्ध गराई सहयोग गरिएको छ ।

यस बर्ष देशै भरीबाट सामुदायिक विद्यालयका २०० विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने र रोल्पा, हुम्ला जस्ता विकट जिल्लामा स्त्री रोग सम्बन्धीतथाआँखाको मोतिविन्दुको निःशुल्क अपरेशनको लागि स्वास्थ्यशिविर आयोजना गर्ने कार्यक्रम रहेको छ ।

कम्प्युटर हस्तान्तरण कार्यक्रममा मेयर न्यौपानेले पनौती नगरपालिकाको विकट वडाहरुमा महिला स्वास्थ्यको अवस्था नाजुक रहेकोले ति वडाहरुमा जनता बैंक र नगरपालिकाको सहकार्यमा स्वास्थ्य सम्बन्धी कार्यक्रमको परियोजना संचालनको लागि अनुरोध गर्नुभयो ।

बैंकले हाल देश भरीबाट १२२ शाखा, ४० शाखा रहित बैंकिङ, २ सिमित्त बैंकिङ्गएकाईर २ एक्स्टेन्सन काउन्टरबाट वित्तीय सेवा प्रदान गरिरहेको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको