Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट बैंक भित्रबाटै सेवाग्राहीको २ लाख २३ हजार लुटियो

आइतबार, १७ भदौ २०७५, १८ : ०३ मा प्रकाशित

एभरेष्ट बैंक भित्रबाटै सेवाग्राहीको २ लाख २३ हजार लुटियो

अर्थ संसार, बुटवल–  बुटवलको एक बैँकमा कार्यालय शुरु भएको केही समयमै एक जना सेवाग्राही लुटिएका छन् ।

बुटवलको व्यस्त बजार बुटवल उपमहानगरपालिका–६ स्थित बिपी चोकमा रहेको एभरेष्ट बैँकबाट रकम जम्मा गर्न गएका सेवाग्राही रोहित गौतमको २ लाख २३ हजार बिहान करीब १०:१५ बजे लुटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिनुभयो ।

बैँकमा पैसा जम्मा गर्न गएका गौतमले पैसाको झोला छेउको कुर्सीमा राखेर भौचर बनाउँदै गर्दा सेवाग्राही बनेर आएका लुटेराले भौचर भर्न सिकाइ दिन अनुरोध गरेर भुलाएको र सोही समयमा लुटेरा समूहका अन्य दुई जनाले रकम लिएर तीनै जना फरार भएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिनुभयो ।

नेपागञ्ज रोडमा रहेको दुर्गा प्लाष्टिक हाउसका सञ्चालक दिनेश ज्ञवालीको पसलमा कार्यरत गौतम पसलको पैसा जम्मा गर्न उक्त बैँकमा गएको समयमा रकम लुटिएको हो । यस विषयमा थप अनुसन्धान र लुटेराको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्न्होस्

नेप्सेमा ५ कम्पनीको १ करोड ७० लाख कित्ता सेयर सूचिकृत

सेयर बजार ९ अंकले बढ्दा ३० करोडको कारोबार, बढ्ने र घट्ने कम्पनी यस्ता छन् 

मेगा बैंकले सुरु गर्यो सिन्धुलीमा दुई शाखारहित बैंकिङ सेवा 

हाम्रो विकास बैंकले शेयरधनीलाई १० प्रतिशत लाभांश दिने

ग्लोबल आइएमई बैंकको कार्ड भएकालाई विजयपुर अस्पतालमा १५ प्रतिशत छुट

यी ९ बैंक तथा वित्तीय संस्थाको शेयर कमजोर, नयाँ लगानीकर्ता बजार प्रवेश गर्ने मौका ! 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको