अर्थ संसार, कञ्चनपुर–कञ्चनपुरको बेलडाँडी गाउँपालिका–१ का १६ वर्षीया किशोरीमाथि बलात्कार गरी फरार रहेका अभियुक्त जनक खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।
अभियुक्त खड्कालाई बेलडाँडी क्षेत्रबाटै आइतबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताउनुभयो ।
शनिबार किशोरी बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले मानबहादुर विष्टलाई पक्राउ गरेको थियो । शुक्रबार राति घरमा पूजा भइरहेका बेला मोटरसाइकलमा लगी किशोरीलाई बलात्कार गरिएको थियो । पक्राउ परेका दुवै जनाविरुद्ध मुद्दा दर्ता भई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस