Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरी कमर्सियल बैंकको कार्ड लिनुहोस्, नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टरमा १० छुट पाउनुहोस्

मंगलबार, १९ भदौ २०७५, १२ : ०२ मा प्रकाशित

सेञ्चुरी कमर्सियल बैंकको कार्ड  लिनुहोस्, नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टरमा १० छुट पाउनुहोस्

अर्थ संसार, काठमाडौं– सेञ्चुरी कमर्सियल बैंक र हरिसिद्धी, ललितपुरस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टर प्रा. लि बीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ ।

बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा शयेरधनिहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता मंगलबार गरेको छ । सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका शयेरधनिहरुले विभिन्न सुविधाहरुमा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

उक्त सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टर प्रा. लि.का कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु  र उपत्यका बाहिर ९१ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२१ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको