Like us!
Follow us!
Connect us!
Watch us!

हङकङसँग नेपाल ३ विकेटले पराजित, एसिया कप खेल्ने सपना अधुरै

मंगलबार, १९ भदौ २०७५, १४ : ०४ मा प्रकाशित

हङकङसँग नेपाल ३ विकेटले पराजित,  एसिया कप खेल्ने सपना अधुरै

अर्थ संसार, काठमाडौं– मलेसियामा जारी एशिया कप छनोट क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा मङ्गलबार हङकङबिरुद्ध नेपाल ३ विकेटले पराजित भएको छ ।

जीतका लागि ९६ रनको झिनो लक्ष्य पाएको हङकङले ३२।३ ओभरमा ७ विकेट गुमाएर पछ्यायो ।झिनो लक्ष्य भए पनि नेपाली बलरहरुले हङकङका ब्याट्सम्यानहरुलाई अन्तिम समयसम्म दबाबमा राखेका थिए ।

सन्दीप लामिछानेले १० ओभरमा मात्र २७ रन खर्चेर ५ विकेट लिए भने बसन्त रेग्मी र सागर पुनले १–१ विकेट लिएएपछि हङकङका ब्याट्सम्यानहरुले खुलेर खेल्न सकेनन् ।

तर, हङकङका कप्तान अन्शुमान रथले अर्धशतक बनाएपछि नेपालले हार जोगाउन सकेन । योसँगै एशिया कप खेल्ने नेपालको सपना चकनाचुर भएको छ ।

रथले ८२ बलमा ५२ रन बनाए भने किन्चित साहले ११ रनको योगदान दिए ।यसअघि नेपाल मात्र ९५ रनमा सिमित बनेको थियो । टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले खेलमा निरिह प्रदर्शन गर्दै ३७।५ ओभरमा अलआउट हुन पुग्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको