Like us!
Follow us!
Connect us!
Watch us!

साफ च्याम्पियनसिप : नेपाललाई आज जित्नै पर्ने दबाब

विहीबार, २१ भदौ २०७५, १२ : २७ मा प्रकाशित

साफ च्याम्पियनसिप : नेपाललाई आज जित्नै पर्ने दबाब

अर्थ संसार, काठमाडौँ– बङ्गलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज भुटानविरुद्ध मैदानमा उत्रदैछ ।

बङ्गबन्धु रङ्गशालामा नेपाल र भुटानबीचको खेल नेपाली समयानुसार अपराह्न ३ः४५ बजे शुरु हुनेछ । पहिलो खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित भएको नेपाललाई सेमिफाइनल पुग्न पनि आजको खेल जित्नै पर्ने दबाब छ ।

साफमा नेपाल र भुटान दुई पटक खेलेका छन् । जसमा दुवै पटक नेपालले जितेको छ । नेपालले सेमिफाइनलको सम्भावना जीवितै राख्न भुटानलाई हराउनुको विकल्प छैन । पराजित भए नेपाल पुनः समूह चरणबाट घर फर्कने छ ।

नेपालसहित पाकिस्तान, भुटान र आयोजक बङ्गलादेश रहेको समूह ‘ए’ मा पाकिस्तान र बङ्गलादेशले आ–आफ्नो पहिलो खेल जित्दै महत्वपूर्ण तीन÷तीन अङ्क जोडिसकेका छन् । त्यसैले पनि नेपाललाई जित्नै पर्ने दबाब रहेको ढाकामा रहेका एन्फा उपाध्यक्ष कृष्ण थापाले जानकारी दिनुभयो ।

“आजको खेल नेपालका लागि गर या मरको अवस्था हो” उहाँले भन्नुभयो । नेपालले भुटानसँग सन् २००३ को साफमा प्रतिस्पर्धा गरेको थियो । ढाकामै भएको खेलमा नेपालले भुटानलाई २–० ले हराएको थियो । यस्तै नेपालले पाकिस्तानको कराचीमा सन् २००५ मा सम्पन्न साफमा भुटानलाई ३–१ ले हराएको थियो ।

नेपाली टोलीमा गोलकिपर किरणकुमार लिम्बू, विकेश कुथु र एलन न्यौपाने, डफेन्समा दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द र सुमन अर्याल, मिडफिल्डमा हेमन्त थापामगर, हेमन गुरुङ, विशाल राई, सुनिल वल, सुजल श्रेष्ठ र नीराजन खड्का तथा फरवार्डमा भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अन्जन विष्ट छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको