Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंक र एनएलजी इन्स्योरेन्सबीच बैकासुरेन्स सम्झौता

विहीबार, २१ भदौ २०७५, १६ : २० मा प्रकाशित

मेगा बैंक र एनएलजी इन्स्योरेन्सबीच बैकासुरेन्स सम्झौता

अर्थ संसार, काठमाडौँ– मेगा बैंक नेपाल लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र एनएलजी इन्स्योरेन्स कम्पनीका कायममुकायम सिइओ सुनिल बल्लभ पन्तले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

अब ग्राहकहरुले मेगा बैंकका देशभरिका शाखाबाट एनएलजी इन्स्योरेन्समा निर्जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् ।

यो सम्झौताले घर, गाडी, व्यावसाय, दुर्घटना बिमा लगायतका निर्जीवन बिमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई सुविधा हुने मेगा बैंकको विश्वास छ ।

यो पनि पढ्नुहोस्

नेप्सेमा ३ कम्पनीको ६८ लाख कित्ता शेयर सूचिकृत

शेयर बजारमा प्रवेश गर्दै हुनुहुन्छ ? लगानी गर्दा यी बुँदामा ध्यान दिनुहोस्, पछि पछुताउनु नपर्ला !

नेप्सेको उकालो यात्रामा ब्रेक, कारोबार रकममा बृद्धिबढ्ने र घट्ने कम्पनी यस्ता छन्

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको