Like us!
Follow us!
Connect us!
Watch us!

भुटानविरुद्ध नेपाल ४–० ले विजयी

विहीबार, २१ भदौ २०७५, १७ : ४७ मा प्रकाशित

भुटानविरुद्ध नेपाल ४–० ले विजयी

 बंगलादेश । नेपालले  बंगलादेशमा जारी साफ च्याम्पियनसिप २०१८ अन्तर्गत आफ्नो दोस्रो खेलमा भुटानविरुद्ध  ४-० को जित निकालेको छ ।

बिहीबारको खेलमा भुटानलाई फराकिलो अन्तरमा हराउँदै नेपालले सेमिफाइनल यात्रा जिवितै राखेको छ।खेलको २१ औं मिनेटमा नै अनन्त तामाङको गोलबाट अग्रता लिएको नेपालका लागि ७० औं मिनेटमा सुनिल बलले दोस्रो गोल गरेका थिए ।

भुटानी खेलाडी निमा वाङ्दीले निराजन खड्कालाई डी एरियामा फल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । त्यससँगै वाङ्दीले दोहोरो पहेंलो कार्ड पाएपछि भुटान १० खेलाडीमा सीमित भएको छ । विमल घर्तीमगरले पेनाल्टी सदुपयोग गर्न नसके पनि रिवाउण्डमा आएको बललाई सुनील बलले गोलमा परिणत गरेका थिए ।

त्यसपछि खेलको ७७ औं मिनेटमा अञ्जन विष्टको ठाउँमा मैदान छिरेका भरत खवासले त्यसको दुई मिनेटपछि सेन्टर नजिकैबाट एक्लै अगाडि बढाएको बललाई उत्कृष्ट प्रहार गर्दै नेपाललाई ३-० ले अघि पुर्‍याए ।

भुटानलाई लगातार दबावमा राखेको नेपालले ८८ औं मिनेटमा चौथो गोल गर्‍यो । नेपालका लागि ८८ औं मिनेटमा निराजन खड्काले गोल गरेर ४–० ले जिताए । ४ मध्ये ३ गोलमा भूमिका निर्वाह गरेका सुनिलले राष्ट्रिय टोलीका लागि व्यक्तिगत पहिलो गोल पनि पुरा गरेका छन् ।

भुटानविरुद्धको खेलमा सुनिल बलको उच्च प्रदर्शन गरेका थिए । ४ मध्ये ३ गोलमा भूमिका निर्वाह गरेका सुनिलले राष्ट्रिय टोलीका लागि व्यक्तिगत पहिलो गोल पनि पुरा गरेका छन् ।

5b91199fb53a5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको