Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकको नयाँ शाखा चितवनको नारायणगढमा

शुक्रबार, २२ भदौ २०७५, १५ : ५१ मा प्रकाशित

ज्योति विकास बैंकको नयाँ शाखा चितवनको नारायणगढमा

अर्थ संसार, काठमाडौं– ज्योति विकास बैंकले चितवनको नारायणगढमा नयाँ शाखा संचालनमा ल्याएको छ । भरतपुर महानगरपालिका वडा नं ३, नारायणगढ, चितवनमा रहेको उक्त शाखा औपचारिक रुपमा प्रमुख अथिति नेपाल उद्योग बाणिज्य महासंघ, चितवनका अध्यक्ष सहन लाल प्रधान तथा बैंकका अध्यक्ष हरी चद्र खड्काद्वारा एक कार्यक्रमका बिच शुक्रबार संयुक्त रुपमा उद्घाटन  गरेका थिए ।

उक्त अवसरमा कार्यत्रमका प्रमुख अतिथी सहन लाल प्रधानले ज्योति बिकाश बैंकको लगानी उत्पादन मुलक क्षेत्रमा होस् भन्नु हुदै प्रोजेक्ट सफल हुन बैकको सहयोग आबश्यक हुने बताउनु भयो साथै उहाँले ज्योति बिकाश बैंकको ब्यबसायिक सफलताको कामना गर्नु भयो ।

त्यसैगरी बैंकका अध्यक्ष तथा कार्यक्रमका सभापती हरिचन्द्र खड्काले बैंकले लघु कर्जा देखि हाइड्रो पावरको लागि ठुला कर्जा समेत लगानी गरी रहेको बताउनु हुदै सामाजिक उत्तरदायित्व बहन लाई समेत महत्व दिएको ज्योति बिकाश बैकले ग्रामिण क्षेत्रमा समेत थप शाखा कार्यलय खोल्न गइरहेको बताउनु भयो ।
 
हाल बैंकले ६० वटा शाखा कार्यालय तथा २० वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्ष भित्र थप ३० वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।

हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट रु. २० अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १६ अर्व लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । यस बैकले हाम्रो बिकाश बैकलाइ प्राप्ती गर्न नेपाल राष्ट्र बैंकबाट सैद्वान्तिक सहमति प्राप्त गरि प्रक्रिया अगाढि बढाइरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको