अर्थ संसार, काठमाडौं- सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्धारा भैरहवामा आयोजित एक कार्यक्रमका बिच आइतबार मृत्युदावी भुक्तानी गरिएको छ ।
२०७४ पौष ०९ गते प्रथम बिमा शुल्क रु.२०,३३३।– जम्मा गरी यस कम्पनीमा बिमा गराएका बिमित नवराज भट्टराईको २०७५ असार १५ गते कालगतीले मृत्यू भएकोे हुनाले मृतकको श्रीमती देउ कुमारी शर्मा न्यौपानेलाई बिमाङ्क बराबरको रकम रु. ३,००,०००।– को एक समारोहका बिच कम्पनीका का.मु. प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले हस्तान्तरण गर्नुभएको थियो ।
उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले जीवन बीमाको महत्व वारे प्रकाश पार्नु भएको थियो । उक्त कार्यक्रममा बीमितका आफन्तजनहरु, अभिकर्ताहरु तथा कम्पनीका शुभेच्छुकहरुको उपस्थिती रहेको थियो ।
 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस