अर्थ संसार, काठमाडौं- सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो ग्राहकवर्गहरुको सेवामा थप विस्तार गर्ने उदेश्यले धोबिघाट, ललितपुरस्थित सनराइज टावरमा शनिबारबाट ATM सेवा सञ्चालनमा ल्याएकोे छ ।
कका सञ्चालक समितिका सदस्य राजेश राज दली र सनराइज टावर सोसाइटीका अध्यक्ष सुवर्ण बहादुर क्षेत्रीले संयुक्त रुपमा ATM को उद्घाटन गरेका थिए ।
उद्घाटन पश्चात् बैंकले ५१ वटा ATM बाट सेवा प्रदान गर्ने छ । बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९१ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२१ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस